बाढीका कारण ३ सडक पूर्ण, ६ सडक आंशिक अवरुद्ध
onlinekhabar.com · Wed Aug 05 10:05:59 GMT 2026

२० साउन, काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट ३ वटा पूर्ण र ६ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् ।
नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन् । बीपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)