जापानको क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाकी किम यो जोङको सैन्य धम्की
annapurnapost.com · Wed Aug 05 10:15:32 GMT 2026

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी दिएकी छन् । बुधबार सरकारी सञ्चारमाध्यम केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किमले जापानी सेनाले आफ्नो रक्षात्मक भूमिकाबाट टाढिँदै पूर्व–आक्रमण गर्न सक्ने सैन्य शक्तिमा रूपान्तरण भइरहेको आरोप लगाएकी छन्।
प्रशान्त महासागरमा रहेको एजिस विध्वंसक जहाज ‘चोकाई’ बाट जापानले हालै गरेको टोमाहक परीक्षण, अन्य क्षेप्यास्त्र परीक्षण तथा मे महिनामा फिलिपिन्समा अमेरिकाको नेतृत्वमा भएको संयुक्त सैन्य अभ्यासमा जापानको सहभागितालाई उल्लेख गर्दै किमले उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिने बताइन् । जसले जापानलाई आफ्नो सुरक्षामाथि अझ ठूलो खतरा महसुस गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)