१८ महिनादेखि अवरुद्ध गमगढी-नाक्च्या सडक सञ्चालनमा
kendrabindu.com · Wed Aug 05 10:27:55 GMT 2026

मुगु । छायाँनाथ रारा नगरपालिकाको पहलमा गमगढी–नाक्च्या सडक खण्डअन्तर्गत अल्का साँगु मोटरेबल पक्की पुल क्षेत्रको सडक १८ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
छायाँनाथ रारा नगरपालिका–१ स्थित उक्त सडकखण्ड मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध रहेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण गरेको ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल सञ्चालनका लागि आवश्यक पहुँच मार्गमा पर्ने जग्गाको मुआब्जासम्बन्धी विवाद समाधान हुन नसक्दा स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)