साउन २७ गते दुर्लभ सूर्य ग्रहण, नेपालबाट देखिने छैन
kalakarmi.com · Wed Aug 05 10:30:01 GMT 2026

काठमाडौं– आगामी साउन २७ गते बुधवार विश्वका केही भागबाट दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएको छ । ग्रहणका क्रममा केही समयका लागि दिउँसो नै अन्धकार छाउने भएकाले यो खगोलीय घटना विशेष महत्त्वको मानिएको छ । नेपालबाट भने यो सूर्यग्रहण देखिने छैन, त्यसैले नेपालीहरूले प्रत्यक्ष रूपमा यसको अवलोकन गर्न पाउने छैनन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सूर्यग्रहण तब लाग्छ, जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आएर सूर्यलाई पूर्ण अथवा आंशिक रूपमा ढाक्छ । पूर्ण सूर्य ग्रहणका बेला सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ मात्र देख्न सकिन्छ, जुन सामान्य अवस्थामा देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)