सरकार असफलतातिर अघि बढ्दैछ, फेरि आन्दोलन र विद्रोहको वातावरण बन्दैछ : विप्लव
annapurnapost.com · Wed Aug 05 10:25:33 GMT 2026

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन् ।
उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उनले बताए । विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा बिना धरौटी सहजै रिहाइ भइरहेको प्रति चिन्ता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)