इजरायल र पोखराबिच सहकार्यबारे छलफल
ratopati.com · Wed Aug 05 10:31:31 GMT 2026

पोखरा । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बास र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबिच भेटवार्ता भएको छ । भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायलबिचको साझा हितका विषयमा छलफल भएको मेयरको सचिवालयले जनाएको छ ।
मेयर आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य गर्न राजदूतसँग आग्रह गरे । ‘आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुनेछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)