सडक सुरक्षा विधेयकः अब नाफा मात्र होइन, सुरक्षा हेरेर मात्रै सवारी साधन आयात गर्न पाइने
ratopati.com · Wed Aug 05 10:33:51 GMT 2026

काठमाडौं । सरकारले मुलुकको सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन ‘राष्ट्रिय सडक सुरक्षा ऐन, २०८३’ को मस्यौदा तयार गरेको छ । संघीय संसद्मा पेस गर्ने तयारीमा रहेको यस विधेयकले सवारी साधनको आयातदेखि सडक निर्माणको इन्जिनियरिङसम्म कडा सुरक्षा मापदण्ड प्रस्ताव गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा विशेष गरी सवारी साधन आयात गर्दा व्यापारिक नाफालाई मात्रै प्राथमिकता दिने विद्यमान प्रवृत्तिलाई अन्त्य गर्दै अबदेखि सडक सुरक्षा मापदण्डलाई अनिवार्य सर्त बनाइने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)