पथलैयामा बेवारिसे अवस्थामा भेटियो बलेरो जिप
annapurnapost.com · Wed Aug 05 10:26:52 GMT 2026

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते सोमबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी बेवारिसे अवस्थामा रहेको हो।
दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिको जानकारीपछि पुगेको पथलैया प्रहरी चौकीको टोलीले गाडी नियन्त्रणमा लिएको छ भने सवारीधनीको खोजी थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)