सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको मिति सार्वजनिक, नेपाल पुग्न सक्ला?
setopati.com · Wed Aug 05 10:36:00 GMT 2026
सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट खेलहरू फेब्रुअरी २२ देखि मार्च २३ (२०२७) सम्म हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताको मिति तय गरे पनि यो खेल कहाँ हुने भन्ने कुरा अझै टुंगो लगाएको छैन।
यसपटक विश्वकपमा छनोट हुने प्रक्रियामा केही परिवर्तन गरिएको छ। छनोट प्रतियोगितामा जम्मा १० वटा टोलीले भाग लिनेछन्। छनोट खेल जित्ने टोली (पहिलो हुने) सीधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)