जर्मनीस्थित दूतावासका सचिवद्वारा पत्रकार गजुरेललाई धम्की, कारबाही गर्न महासंघको माग
news24nepal.tv · Wed Aug 05 10:39:00 GMT 2026

काठमाडौँ । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र का युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी फलोअप प्रतिक्रिया (बाइट) लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)