भोटेकोशी बाढी : अत्यावश्यक काममा बाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको अनुरोध
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:13:52 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले एक सूचना जारी गर्दै सीमित साधन स्रोतको अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन आग्रह गरेकी हुन्। प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न वडा बढी प्रभावित भएका छन्। प्रभावित स्थानबाट हालसम्म २५२ जना विदेशी र तीन हजार ३४४ जना नेपालीको हवाई उद्धार भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)