भारतमा मनसुनी वर्षा र पहिरोको वितण्डा : जुलाईयता सयभन्दा बढीको मृत्यु
ratopati.com · Wed Aug 05 10:47:10 GMT 2026

नयाँ दिल्ली । भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण जुलाईदेखि हालसम्म एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ। तथ्याङ्क अनुसार हजारौँ मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्।
वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनालाई अझ अनियमित, अप्रत्याशित र घातक बनाउँदै लगेको चेतावनी वैज्ञानिकहरूले दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)