अर्थ समितिमा गभर्नर र सञ्चालक समितिको पदावधिबारे छलफल
annapurnapost.com · Wed Aug 05 11:00:12 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।
सिंहदरबारमा बसेको बैठकमा विधेयकमा उल्लेख गभर्नर र सञ्चालक समितिको पदावधिका बिषयमा छलफल भएको हो । बैठकमा केहि सांसदहरुले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नु पर्ने धारणा राखेका थिए भने केहि सांसदहरुले चार वर्ष कायम गर्नुपर्ने सुझाव दिएका थिए। सांसद लिमा अधिकारीले राष्ट्र बैंक संवेदनशील संस्था भएकाले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने सुझाव दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)