सेयर बजारमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार
arthadabali.com · Wed Aug 05 11:07:02 GMT 2026

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर ४६७ दशमलव ३६ बिन्दुमा पुगेको छ ।
यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अङ्कले घटेर १८३ दशमलव २९ बिन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर १५८ दशमलव २६ बिन्दुमा सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)