सरकारलाई राष्ट्रियसभा समितिको निर्देशन- ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी रोक्नू
kendrabindu.com · Wed Aug 05 11:12:09 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। साथै, कृत्रिम अभाव, कालोबजारी र दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि समितिले सरकारलाई भनेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले उपभोक्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउन र आवश्यक नीतिगत तथा कार्यान्वयनात्मक पहल तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)