आधार शिविरमा ल्याइयो निर्मल पुर्जाको शव
nepalnews.com · Wed Aug 05 11:19:05 GMT 2026

काठमाडौँ। पाकिस्तानको हिमाल ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परि निधन भएका किर्तिमानी पर्वतारोही निर्मल पुर्जाको शव घटनास्थलबाट निकालिएको छ।
सांसद तथा निर्मल पुर्जाका व्यवसायिक साझेदार मिङ्मा डेभिड शेर्पाका अनुसार आज बुधबार पुर्जासहित नेपाली नागरिक निमा शेर्पा, किलु शेर्पा र चिनियाँ नागरिक झोङ वाङको शव घटनास्थलबाट आधार शिविरमा ल्याइएको छ। सांसद शेर्पाले पर्वरातोहीहरूको शव अत्यन्त कठिन र चूनौतिपूर्ण अवस्थामा ब्रड पिकबाट निकाल्न सफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)