नेपालमा नर्सिङमा पहिलो पीएचडी गर्ने प्रा डा श्रेष्ठ विश्वविद्यालय अनुदान आयोगको सचिव नियुक्त
nagariknews.nagariknetwork.com · Wed Aug 05 11:11:58 GMT 2026

विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा डा रोजी श्रेष्ठ नियुक्त भएकी छन्। उनी नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्।
सचिवमा नियुक्त हुनुअघि श्रेष्ठ बी एण्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्। उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)