प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
ratopati.com · Wed Aug 05 11:34:50 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको थियो।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बसेको बैठकको छलफलका क्रममा सांसदहरूले पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोसाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)