आफ्नो नाममा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति उद्योगपति चौधरीको आपत्ति
himalpress.com · Wed Aug 05 11:39:23 GMT 2026

काठमाडौँ- उद्योगपति विनोद चौधरीले आफ्नो नाम, तस्बिर, अभिव्यक्ति तथा सार्वजनिक पहिचानको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यममा भ्रामक, अप्रमाणित तथा अनधिकृत सामग्री प्रकाशित र प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
बुधबार सार्वजनिक गरिएको सूचनामार्फत चौधरीले आफ्नो नाम, तस्बिर वा पहिचान प्रयोग गरेर सार्वजनिक गरिएका सामग्रीहरूको आफ्नो आधिकारिक धारणा, अभिव्यक्ति वा संलग्नतासँग कुनै सम्बन्ध नरहेको बताएका छन्। यस्ता सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारणमा आफू वा आफूसँग सम्बन्धित कुनै पनि आधिकारिक निकायको संलग्नता नरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)