अमेरिकी प्राइमरी इलेक्सनमा इजरायल मुद्दाले डेमोक्रेटिक पार्टी विभाजित
nepalviews.com · Wed Aug 05 11:36:52 GMT 2026

वासिङ्टन । अमेरिकाका मिशिगन, मिसौरी, क्यान्सस र वासिङ्टन राज्यमा सम्पन्न प्राइमरी इलेक्सनले डेमोक्रेटिक पार्टीभित्र प्रगतिशील (प्रोग्रेसिभ) र मध्यमार्गी (मोडरेट) धारबीचको मतभेदलाई फेरि स्पष्ट रूपमा उजागर गरेको छ । विशेषगरी इजरायलप्रति अमेरिकी समर्थनको विषयमा पार्टीभित्रको विभाजन चुनावी प्रतिस्पर्धाको प्रमुख मुद्दा बनेको छ ।
विशेष ध्यान भने मिशिगनको डेमोक्रेटिक सिनेट उम्मेदवार छनोटमा केन्द्रित भएको छ । यो प्रतिस्पर्धाले केवल पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, नोभेम्बरमा हुने निर्वाचनपछि अमेरिकी सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने विषयमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)