वालिङमा कृषि एम्बुलेन्स, किसानलाई राहत
onlinekhabar.com · Wed Aug 05 11:39:13 GMT 2026

२० साउन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानलाई राहत भएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपज बिक्री गर्न बजार धाउनुपर्ने अवस्था हटेपछि किसानलाई राहत भएको हो ।
नगरपालिकाले वालिङ नगरपालिका–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । सहकारीले उक्त एम्बुलेन्सलाई किसानका उत्पादनलाई घरदैलोबाटै संकलन गरी बजारसम्म पुर्याउनेगरी काम सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)