चीनको कुन्मिङ्स्थित रासायनिक कारखानमा आगलागी हुदाँ एक हजारभन्दा बढी विस्थापित
barnanmedia.com · Wed Aug 05 11:45:59 GMT 2026

दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा अवस्थित एक रासायनिक कारखानामा लागेको आगलागीका कारण यस क्षेत्रको वरपरको हावामा हानिकारक धुवाँ फैलिएपछि यस क्षेत्रबाट एक हजार २०० भन्दा बढी बासिन्दालाई खाली गरिएको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।
जिल्ला प्रशासनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिनिङ जिल्लाको युनान हाओमिङ फाइन फस्फोरस केमिकल कम्पनीमा पहेंँलो फस्फोरस लोड गर्दा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)