पोखरा विमानस्थल कर छुटसम्बन्धि मुद्दामा पूर्वसचिव न्यौपानेसँग विशेषले माग्यो साढे चार लाख धरौटी
clickmandu.com · Wed Aug 05 12:05:55 GMT 2026

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको अभियोग लागेका पूर्वसचिव महेश्वर न्यौपानेलाई विशेष अदालतले साढे ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको हो। अदालतको आदेश अनुसार न्यौपानेले धरौटी रकम बुझाएर रिहा भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)