दोलखामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना बेपत्ता
ratopati.com · Wed Aug 05 12:19:32 GMT 2026

दोलखा । दोलखामा वर्षायाम सुरु भएसँगै पहिरोमा परेर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । दोलखाको कालिन्चोक गाउँपालिका–१ मा गत असार २८ गते ४ महिनाकी बालिका एलिना थामीको क्याङपोल हेलेक्पाथलीको पहिरोले बगाउँदा मृत्यु भएको हो । सो पहिरोमा परेर बालिकाकी आमा १९ वर्षीय शर्मिला थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख मनोज कुमार लामाले बताए ।
त्यस्तै, अविरल वर्षाकै कारण गत साउन ६ गते गौरीशङ्कर गाउँपालिका– ९मा बुधबार बिहान करिब २ः ३० बजे १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिक पहिरोले बाख्राको गोठ बगाउँदा सोही स्थानका ७३ वर्षीय चस्मान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)