शेख हसिनाको पूर्वसरकारी निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’
annapurnapost.com · Wed Aug 05 12:16:48 GMT 2026

ढाका : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक सङ्ग्रहालय’ घोषणा गरिएको छ । २०२४ को जुलाई-अगस्टमा भएकाे विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा उक्त सङ्ग्रहालय स्थापना गरिएको हो
अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेरे-बङ्गला नगरस्थित गणभवन परिसरमा आयोजित एक कार्यक्रमका बीच सङ्ग्रहालयको उद्घाटन गरेका हुन्। सन् २०२४ अगस्ट ५ का दिन शेख हसिना देश छाडेर भारत प्रस्थान गरेकी थिइन्। सोही घटनाको स्मरणमा अगस्ट ५ कै अवसर पारेर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)