गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत
reportersnepal.com · Wed Aug 05 12:29:42 GMT 2026

गण्डकी, २० साउन । गण्डकी प्रदेशमा हालसम्म ९९ दशमलव ३९ प्रतिशत रोपाइँ भइसकेको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ ।
छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताए । साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उहाँको भनाइ छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)