आयो फिरिरी एपः मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा शुरू गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा. लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो ।
यो एपको शुरूआतसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फुड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)