बागमतीमा सरकार बनाउन ओली–प्रचण्डलाई सकस, कसको हातमा छ साँचो ?
shilapatra.com · Wed Aug 05 12:41:39 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्ला दिनमा प्रदेश सरकार गठनका लागि समीकरण मिलाउन व्यस्त छन् । उनको निर्देशन अवज्ञा हुँदा कोशी प्रदेशमा आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउन समस्या भएको छ भने बागमतीमा बहुमतको समस्या देखिएको छ । ९ साउनमा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बहुमत जुटाउन नसक्दा सोमबार ओलीको खप्की खाए र ओली निवासमै ढल्न पुगे । उनको अहिले उपचार जारी छ । थपलियाले जुटाउन नसकेको बहुमतको जिम्मा अब ओलीकै काँधमा आउने देखिएको छ । उनी थपलियाको विकल्पमा किरण थापामगरलाई संसदीय दलको नेता बनाउन चाहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)