एलजीको एआई क्रान्ति‚ घरायसी जीवन अझ सहज र स्मार्ट
nepalnews.com · Wed Aug 05 12:45:41 GMT 2026

काठमाडौँ। एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘एक्सपिरियन्स एआई : स्नेहपूर्ण बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत सन् २०२६ का लागि आफ्नो नयाँ उत्पादन श्रृंखला सार्वजनिक गरेको छ। घरायसी प्रविधिलाई अझ स्मार्ट, व्यक्तिगत र सहज बनाउने उद्देश्यसहित एलजीले एआई (कृत्रिम बुद्धिमत्ता) आधारित गृह प्रणाली विस्तार गरेको जनाएको छ।
प्रदर्शनीमा एआई टेलिभिजन, अडियो प्रणाली, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा थिनक्यू स्मार्ट होम समाधान (स्मार्ट घर प्रणाली) प्रस्तुत गरिएको छ। कार्यक्रमको उद्घाटन एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख सुन्घो चुनले काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्ड शोरुममा गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका प्रतिनिधि तथा उपभोक्ताको उल्लेख्य उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)