काठमाडौँका होटेल र रेस्टुरेन्टमा जथाभाबी हुक्का चुरोट पिउन रोक, नियम उल्लङ्घन गरे कडा कारबाही
ratopati.com · Wed Aug 05 12:50:02 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब व्यवस्थित र तोकिएको स्थानमा बाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्थापन गर्न कडा निर्देशन दिएको हो । होटेल र रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परेको र व्यवसायीहरूले कानुनी व्यवस्थाको पालना नगरेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)