इस्तानबुलमा सलाहलाई भव्य स्वागत
ratopati.com · Wed Aug 05 12:54:05 GMT 2026
काठमाडौँ । इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह ट्राब्जोनस्पोरको बरगण्डी र नीलो जर्सी लगाएर इस्तानबुल आइपुगेपछि सयौं समर्थकले उनको भव्य स्वागत गरेका छन् ।
पछिल्ला केही सातादेखि सलाह टर्किस सुपर लिगमा आबद्ध हुने चर्चा चलिरहेका बेला उनी ट्राब्जोनस्पोरको जर्सीमा सार्वजनिक भएपछि समर्थकमाझ उत्साह थपिएको हो । विमानस्थलमा उनलाई स्वागत गर्न ठुलो संख्यामा समर्थक भेला भएका थिए । समर्थकहरूले नाराबाजी गर्दै तस्बिर र भिडियो खिचेका थिए भने सलाहले पनि हात हल्लाउँदै अभिवादन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)