लण्डनमा तीजको रौनक बढ्दै, बद्री-समिक्षा-दुर्गेश एउटै मञ्चमा
kalakarmi.com · Wed Aug 05 12:57:01 GMT 2026

लण्डन– विदेशमा रहेका नेपालीमाझ हरितालिका तीजको उत्साह बढ्दै जाँदा बेलायतको लण्डनमा पनि विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाली मौलिक संस्कृति र तीजको उल्लासलाई प्रवासमै अनुभूति गराउने उद्देश्यले मिलानोयर इभेन्ट्सले आगामी सेप्टेम्बर ११ (शुक्रवार) का दिन ‘तीज धमाका २०८३’ आयोजना गर्ने भएको हो ।
इष्ट लण्डनको म्यानर पार्क स्टेसनबाट करिब पाँच मिनेटको पैदल दूरीमा रहेको द रोयल रिजेन्सी भेन्यूमा हुने कार्यक्रममा लोक दोहोरीका लोकप्रिय गायक बद्री पंगेनी, चर्चित गायिका समिक्षा अधिकारी र युवापुस्तामाझ लोकप्रिय इन्टरटेनर दुर्गेश थापाले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)