फेसबुक पोस्ट नदेखेर अर्कै कार्यक्रममा गएपछि हर्क साम्पाङले विघटन गरिदिए पार्टीको 'क्यूआर टिम'
techpana.com · Wed Aug 05 13:04:18 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेसबुक पोस्टको एउटा सानो असमझदारीका कारण पार्टीको क्यूआर टिम नै विघटन गरेको पाइएको छ । अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको निर्देशन क्यूआर टिमका संयोजक ज्ञानु चाम्लिङले नदेखेको र पूर्व निर्धारित अर्कै कार्यक्रममा सहभागी भएको कारण यो परिस्थिति सिर्जना भएको हो ।
अध्यक्ष साम्पाङले १७ साउनको राति ८ः५६ बजेको समयमा लालीगुराँसको बिरुवा रोप्ने कार्यका लागि भोलिपल्ट बिहान ६:३० बजे धरानको 'ग्रीन टी' मा सहभागी हुन फेसबुक मार्फत् आह्वान गरेका थिए । सोही समयमा क्यूआर टिमका संयोजक ज्ञानु चाम्लिङ र उनको टोली भने धरानको नगर अध्यक्षले एक हप्ता अगाडि नै दिएको निर्देशन अनुसार पिण्डेश्वरी मन्दिरमा पानी बाँड्ने र सरसफाइ गर्ने कार्यक्रमको तयारीमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)