बिनाकागजात वैदेशिक रोजगारीमा गएकाहरूको उद्धार गर्दै मन्त्रालय
ratopati.com · Wed Aug 05 13:12:33 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर अलपत्र परेका १५५ जना नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ ।
श्रममन्त्री रामजी यादवले आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जानकारी गराउँदै उद्धार प्रक्रिया अगाडि बढाइएको समेत बताए । उनले कोषमा रहेको रु १५ करोड बजेट रहेको र त्यसैको सहयोगमा उद्धार गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)