वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Aug 05 13:15:24 GMT 2026

आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ। उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो । त्यसैगरि बाजुरा घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय अनिल मल्लले कम्बोडिया पठाउने भन्दै ८ लाख ८४ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ। उनलाई साउन २० गते काठमाडौँको वडा नं. ११ बाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)