मर्दी हिमाल पदयात्राबाट फर्किएका तीन युवक सम्पर्कविहीन
ratopati.com · Wed Aug 05 13:20:58 GMT 2026

गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन् ।
माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । युवकहरुको मोबाइल बन्द रहेको माछापुछ्रे –६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)