गोलबजार घटनाको प्रारम्भिक छानबिन सम्पन्न, उच्चस्तरीय टोली काठमाडौं फिर्ता
arthadabali.com · Wed Aug 05 13:39:39 GMT 2026

सिरहा / सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको छानबिन टोलीले तीन दिनसम्म सिरहामा स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गरेको थियो । अनुसन्धानको प्रारम्भिक चरण पूरा गरेपछि टोली काठमाडौं फर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)