काठमाडौं प्रशासनको निर्देशन- होटल र रेस्टुरेन्टमा छुट्टै धूमपान क्षेत्र बनाउनू
barnanmedia.com · Wed Aug 05 13:35:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेस्टुरेन्टहरूमा धूमपानका लागि छुट्टै स्थानको व्यवस्था गर्न निर्देशन दिएको छ। धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा असर परेको भन्दै प्राप्त गुनासोपछि प्रशासनले बुधबार जरुरी सूचना जारी गर्दै कानुनी व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार केही होटल तथा रेस्टुरेन्टमा हुक्का, चुरोटलगायत सूर्तिजन्य पदार्थको अव्यवस्थित प्रयोग भइरहेको र त्यसबाट अन्य सेवाग्राही प्रभावित भएको गुनासो बढेको छ। त्यसैले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्ने र नगर्ने क्षेत्र स्पष्टरूपमा छुट्याउन निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)