हिक्मतका अघि गले ओली ! कोसीमा कार्कीकै नेतृत्वले निरन्तरता पाउने
baahrakhari.com · Wed Aug 05 13:35:44 GMT 2026

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सचिव हिक्तम कार्कीकै निरन्तरता हुने भएको छ । प्रदेश सरकारका विषयमा बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोसीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफलमा त्यस्तो निष्कर्ष निक्लिएको हो ।
छलफलमा ओलीले कार्कीकै निरन्तरता हुने तर आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीसहित मन्त्रीहरुले राजीनामा दिनुपर्ने शर्त राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)