नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि (तस्बिरहरू)
ratopati.com · Mon Aug 31 07:30:40 GMT 2026

चितवन । सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।
बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)