कोशीमा कार्की सरकारको संकट टर्यो, आवश्यक समयमा निर्णय लिने ओलीको भनाई
nagariknews.nagariknetwork.com · Wed Aug 05 14:20:05 GMT 2026

नेकपा (एमाले)मा कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि मुख्यमन्त्री हिक्मत कार्कीलाई हालका लागि निरन्तरता दिने समझदारी बनेको हो।
बुधबार गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशका पदाधिकारी सहभागी थिए। छलफलमा ओलीले अहिले सरकारलाई निरन्तरता दिन र उपयुक्त समयमा नेतृत्वबारे निर्णय गर्ने संकेत दिएको नेताहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)