फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन
khabarhub.com · Wed Aug 05 14:33:16 GMT 2026

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)