सस्तो मात्रै होइन, सही छनोटतर्फ उन्मुख नेपाली उपभोक्ता
nepalnews.com · Wed Aug 05 14:52:20 GMT 2026

काठमाडौँ। केही वर्षअघिसम्म घरायसी विद्युतीय सामग्री- जस्तै टेलिभिजन, फ्रिज वा कपडा धुने मेसिन किन्दा उपभोक्ताको पहिलो प्रश्न प्रायः एउटै हुन्थ्यो- ‘सबैभन्दा सस्तो कुन हो?’ तर अहिले समयसँगै यो सोच परिवर्तन हुँदै गएको छ। अब उपभोक्ताले ‘मेरो परिवारका लागि उपयुक्त कुन हो?’, ‘बिजुली कति बचत गर्छ?’, ‘वारेन्टी कति वर्षको छ?’ र ‘बिग्रिएमा सेवा कहाँ पाइन्छ?’ जस्ता प्रश्नलाई प्राथमिकता दिन थालेका छन्।
यस परिवर्तनसँगै विद्युतीय सामग्री खरिद गर्ने तरिका पनि बदलिएको छ। उपभोक्ताले अब केवल मूल्य हेरेर निर्णय गर्नेभन्दा गुणस्तर, प्रविधि, ऊर्जा दक्षता, क्षमता, वारेन्टी, आधिकारिक बिक्री केन्द्र र बिक्रीपछिको सेवासमेत तुलना गरेर सोचविचारसहित छनोट गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)