बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने, उद्धार र राहत तीव्र पार्न माग
baahrakhari.com · Mon Aug 31 07:37:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको तलब बाढीपीडितलाई सहयोगका निम्ति प्रदान गर्ने भएका छन् । सोमबार (भदौ १५) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यो निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले बताइन् ।
“बाढीपीडितको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन नेपाली कांग्रेसका संघीय सांसदहरूले न्यूनतम एक महिनाबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको छ,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)