भेटेरिनरी अस्पताल राजविराजका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Wed Aug 05 14:56:30 GMT 2026

सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दाससहित दुई जनाविरुद्ध गैरकानुनी घुस रकम माग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खोप कार्यक्रम सम्पन्न गर्न नियुक्त गरिएका भ्याक्सिनेटरहरूलाई कानुन बमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिने क्रममा २० प्रतिशत रकम घुस मागेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)