अवकाश भए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
lokaantar.com

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण बुधबारदेखि सेवा निवृत्त भएका गुरागाईंलाई महानगरपालिकाले औपचारिक रूपमा बिदाइ गरेको हो।
गुरागाईं २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए। कार्यकालका क्रममा उनले महानगरको नीति, योजना तथा कार्यक्रम कार्यान्वयन, प्रशासनिक व्यवस्थापन र विभिन्न संरचनागत सुधारका कामको नेतृत्व गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)