घुसखोरीको आरोपमा चर्च प्रमुखलाई जेल सजाय
ratopati.com · Mon Aug 31 07:38:55 GMT 2026

सोल । दक्षिण कोरियाको एउटा अदालतले युनिफिकेसन चर्चकी प्रमुख हान हाक–जालाई सोमबार संयुक्त रूपमा दुई वर्षको जेल सजाय सुनाएको छ । पूर्वराष्ट्रपति युन सुक येओलको प्रशासनसँग प्रभाव विस्तार गर्ने प्रयाससँग जोडिएको राजनीतिक चन्दा र घुसखोरी सम्बन्धी कसुरमा उनलाई सो सजाय सुनाइएको हो ।
८३ वर्षीया हानले एक बिचौलिया मार्फत राजनीतिज्ञहरूलाई रकम तथा पूर्वप्रथम महिला किम कियोन हिलाई महँगा विलासी सामान उपलब्ध गराउन संलग्न रहेको ठहर सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले गरेको हो । तर हानले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)