कन्दरा ब्यान्डले बाढीपीडितका लागि जुटायो २१ लाख
onlinekhabar.com · Mon Aug 31 07:37:35 GMT 2026

भदौ १५, काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली सांगीतिक ब्यान्ड कन्दराले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । रिदम अफ चेन्ज – नर्थ अमेरिका टुरअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमका क्रममा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
१० भदौमा आएको विनाशकारी बाढी र पहिरोपछि कन्दरा ब्यान्डले आफ्नो सांगीतिक कन्सर्टलाई मानवीय सहयोग अभियानमा रूपान्तरण गरेको थियो । सोही अन्तर्गत गरिएको शोमार्फत ब्यान्डले उक्त रकम संकलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)