बालेनको प्रशंसा गरेका मिनेन्द्र भन्छन्– कांग्रेसमा वैचारिक विवाद देखियो (अन्तर्वार्ता)
nepalviews.com · Wed Aug 05 15:44:14 GMT 2026

काठमाडौं । कांग्रेस नेता डा मिनेन्द्र रिजाल प्रधानमन्त्री बालेन्द्र शाह बालेनको प्रशंसा गर्छन् । उनी बालेनले सरकार चलाइरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको बताउँछन् । नेपालभ्युजको द युग शो मा युग पाठकसँगको कुराकानीमा उनले बालेनको प्रशंसा गरे । तर, प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले काम गर्दै छु संसद्मा बोल्दैन भन्नु लोकतन्त्र नहुनेसमेत बताए ।
कांग्रेसको विवादबारे बोल्दै नेता रिजालले कांग्रेसका पछिल्लो समयमा वैचारिक विवादसमेत भएको बताए । उनले वैचारिक विषयमा खुला छलफल गर्नुपर्ने समेत बताए । उनले पार्टी सभापति फेरिए पनि समाजवादको प्लेटफर्म नफेरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)