बेमाैसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट
ratopati.com
आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।
यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पु(याएको संजेलले बताउनुभयो । बर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा असर मात्र परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)